मेरो बारेमा

My photo
शायदै कोही होलान जस्लाई मेरो जस्तो बानी नहोस्। आम मनिस जस्तै सधैं रमाइलो गर्न रुचाउने, छिट्टै विश्वाश गर्ने, प्राय बोले पछी मात्र सोच्ने मेरो नानी देखिको बानी हो। माया गर्नु र आकर्सणको सिकर हुनु पनि पुरानै रिती जस्तै छ मेरो।

Current Dat and Time of Nepal

Thursday, October 16, 2008

मान्छेहरु




-निराजन "प्रभात" लुइटेल
Nirajan_pravat2000@yahoo.com
मान्छेहरु

एकान्त वातावरणमा बलिरहेको शीखामा,
ताराहरु टलपलाईरहेको एकान्त गगनमा,
स्वार्थी, छल र कपटीको झटारो प्रहार गर्ने
ति सचेत प्राणीहरु पो रहेछन् मान्छेहरु।


आफनो ईच्छाहरु,कामनाहरु पुरा गर्न,
आफनो हासोा र खसी फिर्ता ल्याउन,
अरुको कलेजो र मुटु पनि लुटि बेच्ने
अजर र बलवान प्राणीहरु पो रहेछन् मान्छेहरु।

आफनो शुन्दर मनोहर गृह बनाउन
परिवार र आफूलाई उन्नती गराउन
अरुको छाप्रोमा आगोको ज्वाला लगाउने
कर्मयोद्दा र सुरबीरप्राणीहरु पो रहेछन् मान्छेहरु।

मुटुमा दन्कि रहेको जलन घटाउन
आफनो घरमा दन्किरहेको आगो निभाउन
अरुको शरिरको रगत चुस्न कतिपनि नहिच्किचाउने
समाजसेवी प्राणीहरु पो रहेछन् मान्छेहरु।

विकासको नारा लगाएर सोझा जनता लाईछल्ने
नेता बन्नलाई सारा कस्ट झेल्ने
कुर्सी पाएपछि सारा नारा सपना सम्झने
देशभक्ति नेताहरु पो रहेछन् मान्छेहरु ।

एक आतंककारी खोज्न,
आफनो देशमा भएको बिनासको बदलालिन,
सारा देशनै खरानी बनाउन खोज्ने,
एक शक्तिशाली गुटपो रहेछन् मान्छेहरु।

अध्यारो सम्राज्यलाई चिर्न,
आफनो कुटिल लक्ष्यमा छिर्न,
बम,गोली र क्रान्तिको नारा बर्साउने,
वैज्ञानिक सोच भएका टाउकेहरु पो रहेछन् मान्छेहरु।

उही कालीको लागि


खोइ कुन शब्द बाट यस् लेखाइलाई आरम्भ गरौ या कुन शब्दले तिमिलाई सम्बोधन गरौ। शब्दकोषका बासि शब्दहरु शायद पुरनो हुन्छन होला, यदी शब्दकोष भन्दा अलग शब्दले सम्बोधन गर्दा कतै अलौकिक त होइने होइन!? भन्छन नाता सम्बन्ध ईश्वरले बनएर पठाउछन रे, सम्बोधन पनि ईश्वरको हातमै सुम्पदै यो पत्रलाई अगाडि बढाउछु ल।

युगौ-युग सम्मको प्रेमगत कुसुम स्‍मृतिहरु एंम हाल चालीरहेको प्रगतीका पाइलाहरु र भावि दिनहरुमा चालिने प्रत्येक प्रगतिको गोरेटाहरु साथै उन्नत्सिल तिम्रो जीवनलाई उन्नती प्रगतीको साथमा सफलताको सुभेक्षा मात्रा। हरेक गलत शब्द र धारणा पाए दु:खी प्रभात सम्झेर क्षमा गर्दै पढिदेउ ल र हृदयमा सजाएर राखिदेउ मेर कोरा कागजी दिललाई।

काली, पर्देशी हुनुको पिडा म कसरी बयान गरु, तिमीले ईमेल मा "मलाई भुलेको" भनेर जुन शब्द पठायौ म आतिए केही बेर मौन भए। म कसरी भन्नु कि कती माया छ मेरी काली को लागि यो छातीमा, शायद यो लेखानिमा यो माया प्रकट गर्ने क्षमतानै छैन होला, त्यसैले तिमीले मेरो पत्रको आसय बुझ्न सकिनउ। काली यस् ह्रेदयको मन्दिरमा तिमी मात्रा तिमी बिराजवत छौ। यस् हृदयको तरल माया ग्रहण गरेर मेरो अधिर मनलाई धीरज देउ। यस् अधिर मनको उदगार पोख्न लागेको छु यस्लाई तिम्रो कोमल निश्छल हृदयको सतहमा बसिभुत हुन देउ ताकी यो प्रेमको फूल ओईली न जाओस, झरी न जाओस कस्तै आधी मा पनि,कस्तै तुफानमा पनि।

आज ति माइवेनीमा हात समातेर हिनेको साथ साथमा माघे नुहएको, मुरै तिल को लड्डु वांडी चुडी खाएको, छैट पर्बमा मेचीको बगरमा रमाइलो गरेको स्‍मृतिका पानमा आज सम्म अन्कित छन। शायद बिस्म्रितिका खन्डहर हरुमा पुरिने छैनन आसा गरेको छु। समयका बलिष्ठ पन्जाले आज हामीलाई बिछोड गराएको छ। आखिर मानब जीवनको मिलन-बिछोड, दु:ख-सुख त भोगाइहो एकतर्फी संगम पनि। तसर्थ: काली आपसी नाता, प्रेम, स्नेह, प्रतिक्षा हो, केवल अनन्त यात्राको समिक्षा हो अनी धैर्यता पनि। तेसैले भन्छु काली ---"हान्छौ किन नयनवाण यो मुटुमा मेरो चाहिन्छ यहाँ पिरतिमा विश्वाशको घेरो.....हुन्छ त्यही औसी पनि तिमीले हांसे जुनेली रात जती टाढा जान्छौ तिमी राख्न खोज्छु तिमीलाई मेरो साथ।"

काली कुनै वाक्य यस्ता हुन्छन ति वाक्यले ठीक नयाँ करौतिको धारले मुटु रेटे जस्तो खपी नसक्नु अपार पिडाको अनुभुती गराउछ। हो साच्चै बिचलित गरयायो मलाई यो शब्दले(मलाई भुलेको) काली अब यस्ता शब्दका झटारो न हान्नु है कदापी यो पर्देशिको मन कुंडिन सक्छ। काली पर्देशमा मैले जीवन युद्ध कहिलै लडिन। पाउनलाई केही पनि पाइन तर हराये केही र केही गुमायेको छु तिम्रो साथ समय र माया मेरो के चल्छ जम्मामा सुन्य छु। मलाई कतारी जीवन देखी अल्छि लागेको त छैन तर यो जीवन भोगाइमा तिमी बाट टाढा भएर खुशी पनि पक्कै छैन तर, लाग्छ जस्तो छ ठीक छ जे छ राम्रै छ।

ल त ढिलै भये पनि एक पटक बिजय दशमी को शुभकामना साथमा हाम्रो दोश्रो महान चाड दीपावलीको अग्रिम शुभकामना। भुलेर पनि सम्झिदिनु, यादहरु सम्हालेर दिल भित्र राखी दिनु। बिदा! उही तिम्रो छुच्चे फुच्चे!!!

निरजन "प्रभात" लुइटेल (चन्द्रगढी ,झापा-->हाल दोहा कतार)

Wednesday, October 15, 2008

दोहा स्पेशल

मेरा केही रमाइला अनुभव हरु दोहा स्पेशल फोटो सेक्शन को माध्यम बाट।

जिन्दगी निक्कै नै रमाइलो छ तर यस्लाई जिउन जान्न पर्ने रहेछ। के गर्ने पर्देश मा रहदा जती सुकै जिउन खोजे पनि घर गाउमै बसेर रमाइलो गरे जस्तो न हुने। पैसाको पछीलागेर यहाँ सम्मा आउनु पर्ने बाध्यताले गर्दा मजस्तै अनेकन साथीहरु जबर्जस्ती रमाइलो गर्न वाध्यहोलान। तर म अहिले चाँही साच्चैनै रमाइलो गर्ने मूड मा छु नो डिस्टर्ब प्लिज.......
मिस्टर रमेश अरबिक पोज्मा


यात्रा जिन्दगीको

रमेशको सॉलिड बसाई

रमेश कोर्निशमा मस्तिमा

रमेशअजिज कोर्निशमा मस्ती मार्दै