मेरो बारेमा

My photo
शायदै कोही होलान जस्लाई मेरो जस्तो बानी नहोस्। आम मनिस जस्तै सधैं रमाइलो गर्न रुचाउने, छिट्टै विश्वाश गर्ने, प्राय बोले पछी मात्र सोच्ने मेरो नानी देखिको बानी हो। माया गर्नु र आकर्सणको सिकर हुनु पनि पुरानै रिती जस्तै छ मेरो।

Current Dat and Time of Nepal

Saturday, May 3, 2008

येस्तो थियो


बांकी पछि .............

हेर्नेकी........................?

पहिले
अहिले



पहिले अहिले

पहिले अहिले

खेलौनाको जिन्दगी पनि ईश्वरकै बरदान

ज़िन्दगी एक उत्सव हो भन्छन, वास्तब्मै हो रहेछ जस्तो महसूस भयो केही दिन अघि। मेरो मुटुंभन्दा पनि प्यारो भाई जब काम गरिरहेको बेलामा अच्चानक भयभित भएर बाँच्न बाध्य भयो अनी म उसलाई भौंतारिंदै पागल सरी खोजिरहेको थिए कतई केही पो भयो की वा त ...... हत तेरिका! म पनि केहो केहो कुनै कन्ट्रोलनै गर्न सकी रहेको थीईंन।

घटना थियो अप्रिल २७, २००८ दिउसोको जब म मेरो भाई लाई भेटर फर्किने क्रम मा लोयाल्टी नामको क्याम्प(जहा भाई काम गर्ने गर्छ) माँ हेलिकॉप्टर को पर्खाइमा थिए। अच्चानक बिस्फोटका भयाबः आवाज हरु थर्कमान हुन थाले अनी मेरो ध्यान सीधैभाई मा जब केंद्रित हुन पुग्यो तेतिखेर सम्म त भयंकर ठुलो आगोको मुस्लो जहा भाई थियो त्याहा बाट निस्कीरहेको थियो। मेरो दिमागले काम गर्न छोड्यो अनि म कुनै पनि कुराको मतलब नै न राखी कुदे भाई भये तीर बिडम्बना के भने मलाई त्याहा पुग्नै दीईएन कही बेर को रोकथाम पछि म फुत्कियेर फेरी दगुर्न थाले उतै तीर। जब अन्य सोल्जर हरु त्यस भवन भीत्र पसेर स्ट्रेचरमा मानिसका छ्यद बिछ्यद भएका अंग हरु ल्याउंछन अनि मेरो मनको बाँध रोकिन सक्दैन र भक्कानो फूटी झर्छ। फेरी पनि केही आशा बाँकी नै रहेकोले अगाढि बढेर हेर्छु धन्न त्येस्तो कपडा त मेरो भाईले लागायेकै थियेन। करीब १० अरु आपत्कालीन टोली हरु ले त्यों बिल्डिंग को कुना कुना बाट भाग्नाबसेस लाइ नियाल्ने काम गर्छन तब दर्जनौ मानिस हरु बेहोशी अबस्थामा(हुनसक्छ कसैलेत यस संसारलाई छोडिसकेका थिए) भेटिन्छन। तेतिकई मा एकजना कर्नेलले तेता न जाने आदेस दिन्छ र सुरक्छित गन्तब्यातिरा देखौछ। मन मान्दैन फेरी पागल सरी सोध्छु के म ति मान्छेलाई हेर्न सक्छु ? मेरो भाई पनि तेही बिल्डिंग मा थियो(मेरा आँखा रसाई सकेका थिए ओठ अनि गला सुकी सकेका थिए बोलन पनि राम्ररी सकिरहेको थीईंन। तर अह! केही लागेन मलाई ठाडो निर्देशन भयो अर्को बाटो मोड्नको लागी तर पनि उसलाई झुक्याएरा फेरी त्यों बिल्डिंग भित्र पसे त्यहा त केही बांकी थियेन रगत तातई थियो सम्पूर्ण सामन हरु जलेर र फुटेर नस्ट भैसकेका थिए, भात्किने क्रम बिल्डिंग मा जारी थियो, सास फेरी नसक्नु थियो बाध्य भएर निरास हुँदै फर्किये बाहिर गएर धेरै कुरा खेलाई मन लाइ बेलाबेलामा सोध्दै थिए किना बोलायेछु भाईलाई येस्तो ठाउमा जस्तो लाग्यो। मनको बांधले उचाइ नाघेर बाढी ल्याई सकेको थियो, अचनाका एउटा मनै छूने आवाज कानमा गुन्जिन्छ "....दादा ....!" भनेर, सीधै पछाडी फर्केर हेर्छु हतास अनि चिन्तिंत र त्रसित मुद्रामा पाउछु उही मेरो एउटई अनि मुटुझै प्यारो भाई दिनेश।

सम्पूर्ण चिंता सकिये जब भाईलाई अन्गालो माँ हाले अनि मनलाई सान्त पारे । तब अनुभब भयो जिन्दगी एक खेलौना जस्तै रहेछ र कति प्यारो पनि साच्चैनै इश्वारकई बरदान जस्तो।